म सडक बाट ब्युझेको मान्छे


Rajan Thapaliya
म सडक बाट ब्युझेको मान्छे
हजारौ ले कुल्चेर थुकेको मान्छे

दुख को चपेटामा पसिना को थोपा झारी रहे
म आगोमा मकै झै पिल्सियर बाचेको मान्छे

सौभाग्यको सपना संगाल्दै बाची रहे
म झिनो आशा बोकेर पनि हासेको मान्छे

हाँस्दा पनि एकान्त मा रुदा पनि एकान्तमा
म अमृत पिउने ओठ सामु लाजले झुकेको मान्छे

थाहा छैन जिउदो छु कि मरिसके यो संसारमा
दैब को पनि हेला सहदै माया ले चुकेको मान्छे

0 comments:

Post a Comment

 

Copyright 2008 All Rights Reserved Revolution Two Church theme by Brian Gardner Converted into Blogger Template by Bloganol dot com