जर्नेल मदनले भन्यो ए च्वाँचे मेरो स्वास्नी लैजा त


सतिश चौधरी । राणाकालमा श्री ३ महाराजका सन्तानहरु जन्मदै जर्नेल हुन्थे । यस्तै एक जर्नेल थिए मदनशमसेर राणा । उनी थिए महाका पत्रु । अहोरात्र मदिरामा लटठ रहन्थे । उनकी रानी थिईन जगदम्बा । अब लोग्ने अहोरात्र मदिरामा लटठ भएपछि रानी जगदम्बालाई पनि मन भुलाउन कुनै पटठो त चाहियो नै । उनले भेटीन एउटा फटाहा बाहुन । ति बाहुन थिए केदारमणि दिक्षीत । केदारमणी महाका धुर्त र चलाख थिए । उनले सुर सुरा र सुन्दरीमै लिप्त रहने मदनशमसेरको अकुत सम्पत्ती हत्याउने षडयन्त्रसमेत रचेको बताईन्छ । त्यसका लागि मदनशमसेरको रक्सीमा मन्द विष हालेको कुरा अझै बुढा पाकाहरु चर्चा गर्छन ।
मदन शमसेरले केदारमणिलाई च्वाँचे भन्थे रे । कहाँसम्म भने मदिराले लटठ भएपछि मदनशमसेरले भन्ने गर्थे ुए च्वाँचे मेरो स्वास्नीलाई तैंले लैजा ।ु रक्सी नै रक्सी छेरेर मदनशमसेरको निधन भएपछि रानी जगदम्बालाई वशमा पारेर केदारमणिले अकतु सम्पत्ती सवै हत्याए ।
अहिले नेपालका साहित्यकारहरु जुन ुमदन पुरस्कारुका लागि मरिहत्ते गर्छन त्यो पुरस्कार भनेको तिनै मदन शमसेरको सम्पत्ती हत्याएर उनको नाममा स्थापीत गरिएको हो । अनी जुन ुजगदम्बा पुरस्कारुका लागी केही चाटुकार साहित्यकारहरु मदन पुरस्कार गुठीमा चाकडी बजाउन जान्छन सो पुरस्कार तिनै रानी जगदम्बाको नाममा स्थापना गरिएको हो । यदि मदन र जगदम्बा पुरस्कारको राशी दुई लाख रुपैयाँ नभएको भए गल्लीको कुकुरले पनि ति दुई पुरस्कार अस्वीकार गर्ने थियो । जसरी बहुदलीय व्यवस्थाको स्थापनापछि ुरत्नश्री पुरस्कारु सर्वत्र बहिस्कृत भयो र संस्थापकहरुले त्यसलाई बन्द नै गराए मदन र जगदम्बा पुरस्कारको हविगत पनि अहिले त्यस्तै भईसकेको छ । केही वर्ष यता स्तरहीन कृतिहरुले मदन पुरस्कार पाउन थालेपछि मदन पुरस्कारको मुल्य कौडीमा झरेको हो । कमलमणीको चाकडी बजाएकै भरमा मदन पुरस्कार पाउने चलन बढेकोप्रति कवि हरि अधिकारीले खुलेआम आफना विचारहरु व्यक्त गरिसक्नुभएको छ ।
कलमणि को हुन त कमलमणी तिनै फटाहा बाहुन केदारमणिका छोरा हुन । अनी रानी जगदम्बाको सम्पत्ती हत्याएर नव धनाढय बर्गमा परिणत भएका कमलमणिकै छोराहरु हुन कनकमणि र कुन्द दिक्षीतहरु जो अहिले आफनो बर्गीय चरीत्रको पृष्ठपोषण गर्दै देश र जनताविरुध्द षडयन्त्र गर्दै्रछन् । विदेशीको तावेदारी गरेर माओवादीको शान्ति संविधान र अग्रगामी परिवर्तनको मार्ग अवरोध खडा गर्न मिडिया शक्तिको दुरुपयोग गरिरहेका छन् ।
यो पँक्तीकार कमलमणिको वैठक कक्षमा पुगेको त छैन तर त्यहाँ पुग्ने एक साहित्यकारले बताए अनुसार कमलमणिले आफनो वैठक कक्षमा भित्तामा ठुलो प्रुेममा तिन वटा फोटा राखेका छन । जसमा एउटा फोटो आफना पिता केदारमणिको अर्को फोटो माता विद्यादेवीको र तेश्रो फोटो रानी जगदम्बाको छ । ुकमलमणीले मेरा बाउका दुईटी स्वास्नी थिए मेरा दुईटी आमा थिए भनेर अरुलाई देखाउन वैठक कक्षमा ति फोटा राखेका हुनु ति साहित्यकारको दावी छ ।
यसरी राणाहरुको अकुत सम्पत्ती हत्याएको दिक्षीत परिवारले समाजमा आफनो पाप पखाल्न मदन र जगदम्बाश्री पुरस्कारको स्थापना गरेको स्पष्टै छ । तर संस्कार मेटीदैन रहेछ । चाकडी चाप्लुसीको संस्कारमा हुर्किएका कमलमणि कनकमणि र कुन्दले नेपाली समाजमा सँधै चाकडी र चाप्लुसी संस्कारलाई नै बढावा दिए । यसका केही उदाहरण हेरौं
क। पत्रकार नारायण वाग्लेको ुपल्पसा क्याफेु औपन्यासीक दृष्टीले गए गुज्रीएको उपन्यास हो । सो उपन्यासका बारेमा वरिष्ठ लेखक र साहित्यकारहरुले खासै कलम चलाएनन । आहुतीले त ुझुर उपन्यासु भनेर लेखे । शव्दको भिड मात्र । प्रचार प्रसारका आधारमा उपन्यासलाई रातारात कृत्रिम तरीकाले हिट बनाईयो । यो कुरा मुलुकको बाङमय जगतलाई राम्ररी थाहा छ । तर साँझ साँझ सँगै बसेर मदिरा पान गर्ने साथी भएकाले कनकमणिले मदन पुरस्कार नारायणकै पल्पसा क्याफेलाई नै दिलाए । जवकी त्यसवर्ष गोविन्द बर्तमानको कृति ुसोह्र साँझहरु निकै उत्कृष्ट थियो । यसबाट पनी मदन पुरस्कार कम्युनिष्टहरुलाई दिईदैन भन्ने कुरा स्पष्ट भयो ।
ख। हालै मात्र युवराज नयाँघरेको कृति ुएक हातको तालीुले मदन पुरस्कार पायो । आम पाठक साहित्यकार र वौध्दीक जमातको मुल्यांकन छ युवराज नयाँघरको सो कृति औसत टापटिपे कृति भन्दा खासै भिन्न छैन । तर आफनो चाकडी गरेकै कारण कमलमणिले नयाँघरेलाई पुरस्कार दिएर के सावित गर्न खोजे भने मदन पुरस्कार पाउन मेरो चाकडी गर्नैपर्छ । जवकी नारायण dhakaal को उपन्यास ुप्रेतकल्पु सवै दृष्टीले उत्कृष्ट थियो र छ । यसबाट पनि कम्युनिष्टहरुलाई मदन पुरस्कार दिईदैन भन्ने कुरा स्पष्ट भयो । हेक्का रहोस मोदनाथ प्रश्रीत र पारीजातले कम्युनिष्ट नहुँदै मदन पुरस्कार पाएका थिए ।
ग। हाम्रो देशका दुई मुर्धन्य साहित्यकार लक्ष्मीप्रसाद देवकोटा र वालकृष्ण समलाई मदन पुरस्कार गुठीले सधै अपमान गरिरहयो । एकपटक लक्ष्मीप्रसादले रानी जगदम्बालाई भेटन चाँहदा दिक्षीत परिवारले घोक्रयाएर निकालेका थिए । तर देवकोटाको महानतालाई भजाउन भने दिक्षीत परिवारले के बाँकी राख्थ्यो र हालै मात्र कमलमणिले देवकोटाको स्मृतीमा ुगुरु दक्षीणाु नामक पुस्तक निकालेका छन । ुदेवकोटा भीखारी हुँदा आफुले एक रुपैयाँ भीख दिएकोु जस्ता कुरा लेखेर देवकोटाको अपमान गर्न पछी नपर्ने कमलमणिको खोटो नियत दॆखेर एक साहित्यकारले लेखेका थिए ुबरु म आत्महत्या गर्छु तर मदन पुरस्कार कुनै हालतमा लिन्न ।ु
घ। गितकार दिनेश अधिकारीलाई नचिन्ने को होला र रानी चाँदनी शाहको चाकडी गर्ने यी मन्डले गितकार सरकारी कर्मचारी पनि रहेछन । एकपटक साल्ट ट्रेडिङको अध्यक्ष हुँदा कमलमणि दिक्षीतले करोडौं भ्रष्टाचार गरे । त्यसबारेमा अख्तीयारमा कुरो उठयो । तर अख्तीयारका सहसचिव रहेका दिनेश अधिकारीले कमलमणिको मुद्दा सामसुम पारेछन । त्यसवापत दिनेशलाई मदन पुरस्कार दिईएछ । यस्तै मोलमोलाईका लागि मदन पुरस्कार स्थापना गरिएको कुरो अव स्पष्ट भएको छ ।
दिक्षीत परिवारका काला कर्तुतहरु धेरै छन । आउँदा दिनमा स्पष्ट पार्दै जाउँला । तर पाठकबृध्द एउटा प्रश्न छ के दिक्षीत परिवारलाई वुध्दीजीवी हुन के सफेद पोशाक लगाउँदैमा यिनको कालो रुप जोगीन सक्छ

0 comments:

Post a Comment

 

Copyright 2008 All Rights Reserved Revolution Two Church theme by Brian Gardner Converted into Blogger Template by Bloganol dot com