-टेकेन्द्र अधिकारी, विराटनगर
थाहा छैन दुश्मनी किन मोल्छन् मान्छेहरू ?
शत्रू भन्दै मित्रलाई किन पोल्छन् मान्छेहरू ?
सुख-दुःख चक्रजस्तै आउँछ, जान्छ जीवनमा
बचनमा तीखा छुरा किन खोल्छन् मान्छेहरू ?
नजिक केही पनि हुन्न, न टाढा भइदिन्छ त्यो
दाउ छिर्केमै शक्ति किन घोल्छन् मान्छेहरू ?
संसारलाई मित्रताले जीत्छ भन्ने जान्दाजान्दै
तुच्छ बचन कसैलाई किन बोल्छन् मान्छेहरू ?
बाँचे संसार आफ्नै हो, मरी लानु केही छैन
मुखबाट ज्वालामुखी किन ढोल्छन् मान्छेहरू ?

0 comments:
Post a Comment