mero common face


साथीहरुलाई सहयोग गरि सकेपछि सबैले भन्छन् कि
"साथी तिमी जस्तो यो संसारमा अरु कोहि छैन"
यो मलाई फुर्काउने वाक्य धेरै सुनेको छु नचाहादै नचाहदै पनि सुन्न बाध्य छु र हो पनि .....! म जस्तो अरु कहाँ पाउनु ? म जस्तो अर्को हुनलाई त मेरो जुम्लिहा हुन पर्यो नि होइन र ? अब म संग जन्मियको साथि त मलौतिको रुखमा झुन्ड्याऍर राखि दिये अब कहाँ बाट अर्को हुनु ?

तर छन म जस्तो अर्को मान्छेहरु .....! यस्ता घटना धेरै घटेका छन मलाई अरु मान्छे भनेर धेरैले बोलाई सके सायद मेरो common face भऍर होला.....
अस्ति भर्खरको कुरा हो पशुपतिको पुजारि परिबर्तनको कारण chabahil देखि gaushala सम्म बन्द रहेछ नेपालमा बन्द त त्यसै कुनै कारण नै चहिन्दैन तर यो बन्द एक किसिमले मलाई राम्रै लाग्यो २ सय चालिस बर्ष सम्म एकल राज गर्दै आएको हिन्दु धर्म पनि बन्द को कारक बन्नु पर्दो रहेछ आदिबासीको आन्दोलनलाई साम्प्रादायिक मान्ने साथीहरुको लागि राम्रो topic पाऍ
गौशाला पुगेर शहिद गेटको गाडि रोज्न थाले रातो पुल भएर जाने कपन बंगलामुखि नै सजिलो बस जस्तो लाग्यो मलाई खाली गाडि बिस्तारै चढे म संग संगै अरु तिन जनाको समुह पनि चढे एक जना चाहि ४०/४५ को अरु २ जना त्यस्तै २५/३० को साएद बुढाको छोरा हुनु पर्छ म संगै बस्न आयो अरु २ चाहि parallel sit मा बस्यो ति तिनै जनाले मलाई क्वार क्वार्ति हेर्न थाले त्यो पनि अचम्म पर्दै अनि म संग बोल्न खोजेको जस्तो लाग्यो मलाई

मैले सोचे म जस्तै chabahil बाट हिडेर आए अनि यो बस पाउदाको खुसियालि बाड्न खोजे होला त्यसैले मैले पनि मन्द मुस्कानले सहमति जनाय तर कुरा अर्कै रहेछ उनिहरुको कुरा गराईबाट थाहा पाए . बुढाले छोरालाई सोध्न भन्न थाल्यो म नसुने झै अचम्म परेर झ्याल तिर फर्केर बसे अनि त्यो साथिले अरु सोध्न नसकेर मात्र तँपाई कहाँ जाने भनेर सोध्यो .आफ्नो प्रतिप्रश्न गर्ने बानि नै अगाडि सार्दै भने "किन ? "
उस्ले त्यतिकै जान्न खोजेको भन्यो
>मैले भने शहिद गेट
उस्ले उस्को साथि र सायद उस्को बुबा लाई "होइन होला, उहाँ त शहिद गेट जाने रे" भन्यो
बुढाले भन्यो "ठ्याक्कै लुरे मगरको सालाको छोरा जस्तै छ त"
मलाई अप्ठ्यरो महसुस भएर बाहिर स-सानो केटा केटिहरुले ट्याक्सि तथा गाडि भित्रका मान्छेहरुलाई पैसा मागेको हेरि बसे र म संगै बस्ने साथिलाई त्यहि कुरा share गर्न उ तर्फ फर्किए तर कुरा अचम्म तिनै जनाले मलाई नै हेर्दै रहेछन
फेरि त्यहि कुरा "ल ठ्याक्कै लुरे मगरको सालाको छोरा जस्तै छ त"
अप्ठ्यरो लागेर म झ्याल तिर फर्किएर बसे बुढाले सोध्न थाल्यो भाईको घर कहाँ हो भनेर मलाई पनि how to kill the time भनेर प्रति प्रश्न गरे "कहाँ होला भन्नु त"
उस्ले भन्यो "गुल्मि हो ?"
मैले "खै त्यता हो जस्तो त लाग्दैन" भने
फेरि भने "मेरो घर गुल्मि हो र ?"
बुढाले फेरि सोध्यो "तिमी के थरी बाबु ?"
"के जस्तो लाग्छ भन्नु त?" भने
"तिमी मगर हो ?"
मैले मन मनै म मगर चाहि होइन बरु मगरको हुने वाला जुवाई हु भने अनि बुढालाई भने "हो त म मगर नै हो"
अनि फेरि सुरु भयो "ल ठ्याक्कै लुरे मगरको सालाको छोरा जस्तै छ त"
मैले भने "हो र ?"
उस्ले भन्यो "दुरुस्तै"
तिनै जना मलाई नै हेर्दै रहेछन् मैले भने "म ठ्याकै देखिन्छु ?"
उनिहरुले सामुहिक रुपमा भने "हो"
मैले भने "दुरुस्तै हो कि उ नै हो ?"
तिनै जना घुरेर मलाई नै हेर्न थाले आफु नयाँ मानिसको पहिचानको रुपमा चिनिन पाउदा वा अरु कुनै कारण मलाई थाहा छैन बेग्लै खुसिको अनुभुति भई रहेको थियो मलाई म झ्याल तिर फर्किएर गाडिको बेग संगै पछिल्तिर कुदिरहेका घरहरु हेर्दै रमाउन थाले . मैतिदेबि आईपुग्यो धेरै पछि आएको गाडि वा अरु कुनै कराण बस एकदम भिडमा बदलियो . ति दुई जना संग टाढा भए तर मेरो छेउको साथि मलाई नै हेरि बसेको रहेछ मैले ध्यान झ्याल तिर नै केन्द्रित गर्दै फर्केर बसे पुतलिसडक पुगे पछि मेरो छेउको साथि संग कुरा गर्ने बिचार गरे . उ संगको कुरा गराईबाट थाहा भो कि ति दुई जना बिदेश जानको लागि आएका रहेछन उनिहरु भिमसेन गोला बसेका रहेछन अनि घर जानलाई नयाँ बसपार्क हिडेका अनि गौशालाबाट फर्किएका रहेछन ति बुढा मान्छे चाहि उनिहरु संग आएका रहेछन
कुरा गर्दा गर्दै त्रिपुरेश्वर आई सकेको रहेछ प्राय मानिसहरु झरेर kapan जाने मानिसहरु चढि सकेका रहेछन मेरा parallel मा बसेका साथिहरु पनि देखिन थाले यसै बखत खलासि साथिले बस भाँडा उठाउन थाल्यो . बुढाले ४ जना भन्दै मलाई पनि देखायो . मैले हतार हतार "मेरो दिनु पर्दैन अर्को चोटि तिराउला हुन्छ अन्य्था नसोच्नु होला भने" भन्दै मैले मेरो बस भाडा दिए . मलाई रमाईलो गर्न मन लाग्यो र भने "म लुरे मगरको सालाको छोरा नै हो गाउँ जादैँ हुनु हुदै रहेछ . गाउँ तिर हामिले लुरे मगरको सालाको छोरा लाई भेटेका थियौँ सबैलाई सम्झेको छ रे भनि दिनु होला . अनि मेरो गाउँ तिर पनि म माघे सक्रन्ति मनाउन गाउँमा नै आईपुग्छ भनि दिनु होला"

अनि तपाईहरुले कत्तिको चिन्नु हुन्छ भनेर मैले जाँचेको हो तपाईँहरुलाई . ल त मेरो झर्ने बेला भो राम्रो संग जानु है" भनेर chaina town shoping Complex अगाडि झरेर त्यतै तिर लागे उनिहरु भने मलाई नै हेरि बसेका रहेछन गेटमा पुगेर एक चोटि हात हल्लाएर bye भने अनि मलाई हेरि रहेका तिन जोडि आखाँ बोकेर बिस्तारै गाडि अघि लाग्यो


यस्ता घटना त कति कति . भरखरको दशैंको कुरा हो . सुरेन्द्र भन्ने साथिले उस्को घर सिन्धुली दशैं मान्न बोलाएको थियो . घरमा दशैं नमान्ने अनि यसो ठाउँ पनि घुमिने हिसाबले हान्निए सिन्धुली तिर . बर्दिबास सम्म day बसमा यात्रा पछि उस्को भनाई मुताबिक ढुङ्ग्रेबासको बस खोज्न थाले . त्यहाँ एउटा अन्तिम बस मात्र बाँकि रहेछ .

दशैं भएकोले होला धेरै भिड . अन्जान ठाउँ कहाँ बस्ने टुङ्गो नभएकोले भिड बसमा मा नै भए पनि जाने सोच बनाए . बसको भित्र त के छतमा पनि टेक्ने ठाउँ थिएन . यतिकैमा बस गुड्न थाल्यो . हतार हतार बसको पछाडि झुन्डिए . त्यसै बेला मेरो झोलामा केहि गह्रौं बस्तु झुन्डिए झै लाग्यो . जस्को कारण बसलाई समाएका मेरा हातहरुले थेग्न सकेनन . हात छोड्न बाध्य भए . अनि भुईंमा पछारिए . बस मलाई के कुर्थ्यो र . गई हाल्यो .

म एक छिन त्यहि धुलोमा टोलाई बसे . यतिकैमा एउटी तेह्र/चौध कि केटिले भनिन "भेनाजु, नरिसाउनु होला तपाई गई सक्नु भएको त्यसैले झुन्डिन बाध्य भए"
साँच्चै नै यो त अनौठो कुरा हुदाँ रहेछ अविबाहित भएर विबाहित साईनोको सम्बोधन पाउदा . अनि अलि रिस पनि उठ्दो रहेछ . यो घटना परे पछि थाहा पाँए मैले . त्यसैले पो रहेछ भाउजुलाई फोन गर्दा उस्को बहिनिले receive गरेको अनि मैले एक्कासि भाउजु दाई खोइ भन्दा रिसाएकि त्यति बेला मैले सोचेको थिए एउटा शब्दले पनि त्यति साह्रो रिसाउनु पर्ने कारण नै थियन . एक न एक दिन त कसैको भाउजु बनि हाल्थी नि त्यसै म संग झगडा गर्न खोज्छे . तर होइन रहेछ यो त रिस उठ्ने कुरा नै रहेछ म परे अचम्म अनि एक तमासले म ट्वाल परि बसे .

"के टोलाई रहनु भएको त्यो पनि धुलोमा.. आ.. भेनाजु उठ्नुहोस जाउ घरमा ."
"को भेनाजु ? कस्लाई भनेको"
"आ...के जिस्किरहनु भएको भेनाजु पनि तेसई . यत्रो दिन गायब भएर हामीलाई बिर्से चाँहि नभन्नु नि फेरि, जाउ उठ्नुहोस रात परि सक्यो "

म तिन छक परे यता बस नि छुट्यो . अब बर्दिबासको बसाई . खै केहि सोच्न सकिन . सायाद मैले सोचे होला बस त्यहि केटीको कारण छुट्यो जे पर्ला पर्ला आजको बासको लागि त्यहि केटिको भेनाजु बन्नु पर्ला . म यसो उठ्न कोसिस गरे तिनिले पनि सहयोग गरिन .

"एक छिन है"
"हेर्नु न बुबाको पान खाने बानी छुटेको छैन . म खासमा पान किन्न आएको . अनि तपाईं नि पान खान सिकेर आउनु भयो कि पहिलाको जस्तै खान नजानेर पोखाउनु हुन्छ"

म छ्क्क परे कसरी थाहा पाई यस्ले मेरो बारेमा केहि बर्ष अघि मलाई पान खान आउदै न थियो . मधेश तिर झर्दा साथिहरु अगाडि लाज हुन्छ भनेर पान खान सिकेको तर मैले पोखाएर भने खाएको छैन बरु पाटान महोत्सबमा बेलुका घुम्न जाँदा सुरेन्द्रले धन म अनि शम्भुको लागि चार वटा पान किनेको र सायद धनको पहिलो पान चखाई हुनु पर्छ खान नजानेर सबै लुगा भरि पोखाएको याद आयो सायद यसरी नै पोखाएको थियो होला यस्को original भेनाजुले धन्य मेरो photocopy

"मैले भने छैन त्यस्तो त . खान त पहिलाको भन्दा जान्दछु ."
उस्ले पसले संग दुइ ओटा जर्दा पान दिनु भनिन . पसले ले किन पाहुना आएका छन कि क्या हो भनेर सोध्यो . उस्ले "भेनाजु आउनु भएको छ " भनिन पसलेले "ए मैले त चिन्दै नचिनेको अलि दुब्लाउनु भएछ अनि अलि पाको पनि . तर जर्दा खान सिक्नु भो कि नाई ?"

मैले भने "समय हो यस्तै त हो तपाईं पनि त अलि पाको हुनु भएछ भने"
सायद मलाई पाको बनाएकोले होला प्याच भनिहाले हुन सक्छ मेरो photocoy म भन्दा कान्छो तर जे भए पनि उ मेरो copy त हो

"तर म जर्दा खान्न मिठा मात्र"
केटिले भनिन "के हो भेनाजु अझै मिठा मात्र"
पसलेले "पहाडको मान्छेहरु यस्तै हुन . हुन्छ म एउटा मिठा र एउटा जर्दा बनाई दिन्छु "
"मेरो लागि किन ?"
"भरे बुबाले किन्न पठाई हाल्नु हुन्छ बरु एकै चोटी लानु पर्ला भनेर . तपाईलाई थाहा छ नि बुबाको बानी ?"
मैले अं भन्ने पाराले टाउको हल्लाए
जाउ भन्दै अघि लागिन म पनि उस्को पछि पछि लाग्न थाले . मलाई कता कता डर डर पनि लाग्यो . कतै यो देह ब्यापार संग संलग्न केटि त होइन ? आ जे पर्ला पर्ला बास बस्न लाई टुङ्गो छैन जसो पर्ला तेसई टर्ला भनेर पछि लागे . मेरो राम र श्याम, dublicate, जस्तै मेरो डबल मेरो मतलब मेरो photo copy भए त कस्तो गजब हुने थियो . एका एक म अनि मेरो dublicate पत्रिकाको चर्चित पात्र बन्ने थियौं . धेरै निर्माताहरु हाम्रो पछि लाग्ने थिए . किन भने dual role भएको film बनाउन सजिलो हुने थियो .अनि त म पनि सेलिब्रेटि कस्तो मज्जा .

"तपाईको कम बोल्ने बानी हटेको छैन ? यत्रो दिनमा भेट भो केहि सोध्नु हुन्न त ?"
म के बोल्ने ? चिन्नु जान्नु छैन घचेडि माग्नु ? मैले सोचे common sence यार यसो हेर्दा भोटेनि जस्तो देखिने मैले सोधे "भैसी ब्यायो ?"

"कुन त्यो पहिलो चोटि आउदाको ? त्यो त हाम्रो होईन त . बरु त्यो राघा चाहि हाम्रो हो . भैसी चाहि बाहाल लगाउन ल्याएको कि राघाको देख् नु भएको थियो ."
"मैले हो हो त्यो मैले त्यहि राघाको कुरा गरेको ब्यायो ?"
"आ... के कुरा गर्नु भएको राघा नि ब्याउछ.त्यो त बिऊ राघा पो हो त . त्यो राघा पोहोर बिरामि परेर मर्यो नि"
ढाँटेको र काटेको कत्ति नि मिल्दैन भनेको यहि हो . बरु साँचो साँचो बताउने बिचार गरे होला "बहिनी हेर म तिम्रो भेनाजु होइन म मनोज हुँ . म अविबहित हु र मेरो घर धनकुटा हो "

"तपाईको नाम र घर कस्ले होईन भनेको छ अनि किन अविबहित भनेर तर्किनु हुन्छ? कि अरु नै दिदी भेटियो ?".
"मैले तिम्रो दिदीलाई त के तिमीलाई पनि चिन्दीन यो बर्दिबास पहिलो चोटि आएको हु र म कमलामाई न. पा. वडा नं. ५ मा मेरो साथीको घर जान हिडेको तिमीले बसबाट झारी दिई हाल्यो अब बास चाहि तिम्रोमा नै बस्नु पर्ला तर म तिम्रो भेनाजु होईन बरु film को जस्तै तिम्रो भेनाको dublicate चाहि हुन सक्छ"

"बहुलाउनु भयो कि क्या हो ? आ... के के कुरा गरि राख् नु हुन्छ "
पटक्कै पत्त्याईन खै के भन्ने लुरु लुरु पछि लागि रहे अलि भित्र गए पछि अगाडि फुल बारि भएको एउटा एक तले घर आयो अगाडि कुखुराको खोर भएको सानो चिटिक्कको घर . मैले सपनामा पनि नदेखेको ससुरली घर . कतै दोस्रो जन्म त होईन खै के हो के केहि मेसो पाईन मैले

घर तिर कुदै गएर "बुबा आमा दिदी हेर त को आ उनु भएको छ म संग "भन्दै चिच्याउन थालिन . म वाक भएर बाटोमा नै बसि रहे . एउटी ४०/४५ कि बुढि निस्कीईन त्यस पछि ५०/५५ का बुढा सायद मेरो photocopy को साशु सशुरा होलान एउटी २०/२२ को विबाहित को ढोका बाट मात्र एक पल्ट चिहाएर भित्र नै पसिन . सायद मेरो photocopy को mrs होलिन तिनी सायद मलाई चिनिन होला त्यहि भएर भित्र पसि हालिन . म ढुक्क भए . उसैको सहारामा सबैलाई सम्झाउछु . बास त बस्न देलान नि आखिरमा उनिहरुको छोरीले त हो नि मलाई बसबाट झारेको नत्र त यतिबेला मेचमान खान ढकाल गाउँको मिल घर पुगि सक्थे नि

"किन बाटोमा भित्रै औनु होस न भेनाजु भन्दै उ भित्र पसिन"
बुढि फत् फताउन थालिन . सायद मेरो photocopy साह्रै बदमास हुनु पर्छ . अनि धेरै दिन भएको हुनु पर्छ या त्यो मान्छे धेरै दिन नबसेको हुनु पर्छ . नत्र मलाई चिन्न किन आईतबार कुर्नु पर्ने.
बुढाले "नकरा थाकेरा आउनु भएको छ जा दहि १ गिलास ल्याई दे छोरा मान्छे हो जे काम नि पर्न सक्छ नि आई हाल्नु भो के बितेको छ र . "
बुढि गई सके पछि बुढाले सम्झाउन थाल्यो . "कन्यादान गरिसकेको छोरी त्यो पनि आफ्नो जात रोजिन समाजमा गह्रो हुन्छ नि " अरु के के .... के के
मैले मात्र उ संग भेटेर सल्लाह गर्छु भने किन भने म ढुक्क छु नि उस्ले पक्कै म उस्को लोग्ने होइन भनेर चिनि सकि मात्र त्यति जवाफ दिए . केहि बेर को कुरा कानि पछि फेरि सालि भनाउदि आएर दिदीले बोलाउनु भएको छ भित्र आउनु भनिन .बल्ल प्रतिक्षाको घडि आयो . बुढाले जानुहोस न भन्यो . म तिनै सालीको पछि लागे

संसार गजबको छ . ऊनि भित्र कोठामा बसेकी रहिछन . त्यो पनि ऐनाको अगाडि . साली भनाउदि मलाई पुर्याएर गई हाली . ऊ भने सुक्क सुक्क गर्न थालिन . मैले सायद सम्झाउने कोसिस गरेर होला भन्न थाले .

"हेर्नुहोस गल्ति मेरो होइन, बहिनिलाई सबै भनेको उस्ले पत्याएन के गर्ने ..."
"गल्ति गर्ने तपाईं त्यो बिचरीलाई भनेर हुन्छ . यसो चिठी मात्र लेखे पनि हुन्थ्यो त .मन बुझाउने ठाऊ पाउथ्यो . के मेरो माया लाग्दैन ? ....." यति भनेर अंगालोमा बेरिन आईन . झन मलाई पर्यो फसाद . त्यसै बेला धन्न साली भनाउदी आई पुगी
"गलत समयमा आएछु . बुबाले भन्नु भएको एक छिन बाहिर आउनु रे भेनाजु " भन्दै बाहिर जान खोजी
मैले रोक्दै "ए एक छिन यता आऊ त "
"किन? भेनाजु"
"हेर म न तिम्रो भेना ह न त तिम्रो दिदीलाई चिन्दछु . मैले भनि हाले नि म त ढकाल गाउ साथीकोमा हिडेको "
"यो भेनाजुलाई के भएको छ . म त छक्क परि सके "
मेरो देब्रे घाटी देखाउदै "तिम्रो भेनाको यस्तो कोठी थियो त "
"कोठी मात्र होइन यो कोठीको रौं पनि थियो तर अहिले अलि लामो भएछ "
मेरो photocopy को mrs ज्यु ले दाईने खुट्टाको कोठी हेर्दै "यो कोठी पनि थियो "
यिनिहरुको कुरा सुन्नु भन्दा बुढा बुढिको गन गन निको भनेर बाहिर लागे बाहिर पनि त्यस्तै .........
मैले सोचे आजको रात बिताएर भोलि चाहि सबेरै भाग्नु पर्ला त्यसै बेला बुढाले भन्यो पहिलाको जस्तो सबेरै उठेर चाहि नभाग्नु नि जुवाई साब

मेचमान त Dhakaal गाउ भन्दा कम थिएन सायद Dhakal गाउमा यति धेरै परिकार बन्दैन थिए होला . सुबास भाईले हजुरको लागि एउटा भाले राखि दिएको छु भन्दै थियो .तर यहा त कत्ति परिकार...
..........
..........
बिहान सबेरै उठेर भाग्ने योजना अनुरुप उठेर झोला बोकि झ्याल बाट निस्के र छिटो छिटो बस पार्क तर्फ हिडें . एउटा बस कमलामाई जान ठिक परेको रहेछ . त्यो पनि धेरै भिड भाड फेरी मेरो सिट पछाडि नै झुन्डिनु पर्ने . तर पनि ढुक़्क चाहि थिए . आज सालि भनाउदि थिईन . गाडी गुड्न लागेको थियो .
बिस्तारै झुन्डिए . त्यसै बेला पान पसले चिच्यायो . "ऊ तिम्रो भेनाजु जान लाग्नु भो ."

ओहो साली भनाउदी त अघि पान किन्न आई सकि छन् फेरि भेनाजु भेनाजु भन्दै पछि आईन . तर गाडी चाहि मन्द गतिमा speed बढाउदै थियो . मलाई चाहि चांडो कुदाए हुन्थ्यो जस्तो लाग्यो . तर हेर दुर्भाग्य तिनले दौडेर भेटि हाली . अनि झुन्डि हाली . मैले पनि दह्रो बसलाई पक़्डे . तर भोटेनिको अघि के लाग़्थ्यो र . झुन्डेर मलाई जिति हालिन .

हिजो भन्दा नराम्ररी पछारिए आज जिउ सह्रो दुख्यो . त्यसलाई गाली नगरी भएन भन्दै ऊठे
"ए भोटेनि के खोजेको..."
राजु जुरुक्क उठेर भन्यो "को भोटेनि..?"
झसङ्ग भए म त राजुको कोठामा पो एक्कसी आई पुगे छु .
राजुले mobile बाल्दै "भर्खर २ बजेको छ . यस्ले त सुत्न नि राम्रो संग दिदैन . नमोबुद्धतिरको भोटेनि देखिस कि क्याहो सपनामा . हिजो यसो रक्सि खाएर सुत भनेको मानिन .मैले खाएको तलाई पो लाग्यो कि क्या हो ?"
बल्ल पो होसमा आए म त हिजो martin chautary को हाईकिङ्ग program मा गएर राजु को मा नै पो बसेको . दिन भरको हिडाई होला सायाद अचम्मको सपना पो देख्न पुगेछु . blog मा नपस्कि राख्न सकिन त्यसैले राखेको धन्य martin Chautary र martin Chautary का साथीहरु
सपनामा भए पनि भेनाजु बन्न

0 comments:

Post a Comment

 

Copyright 2008 All Rights Reserved Revolution Two Church theme by Brian Gardner Converted into Blogger Template by Bloganol dot com