विचरोको दैनिकी


उसले वाइकको व्रेक कसिदिए वापत वर्कशपको केटोलाई ५ रुपिया िदंदै भन्दै थियो यदि म धनि वाउँको छोरो भएको भए दिनमा १ हजार रुपैया जति माग्नेलाई दिने थिए मेरो घरको भाडा १ लाख आउने थियो भने ३० हजार मात्र न माग्नेलाई दिदा खर्च कति न हुने थियो र । म धनि वाउँको छोरो भएर जन्मेको भए कोरीया जानको लागि भनेर मिठो निद्रा विथोली विहान ५ वजे कोरीएन ल्याङ्वेज पठन सायद जाने थिइन होला १२/१५ लाख रुपैया खर्च गरेर म अमेरीका क्यानडा नै जाने थिए ।
उसले भन्दै थियो आज पार्किङ शुल्क वुझाउन पैसा नभएर अफिसवाट १०० रुपैया वेलुका हिसाव मिलाछु भन्दै लगे । उसलाई यो प्रचण्ड गर्मिमा बस्न पनि थिएन अनि म अहिले ३ वजे आउँछु भन्दै गयो । मलाई अहिले ललितपुर पुगेर आउनु छ । अघि न्यूरोड ५ वटा वैंकमा गए िसंहदरवार भित्र छिरेर सामान ल्याए अनि त्रिपुरेश्वर पुगेर सामान छाडेर आएको अव ३ ठाउ जानु छ भन्दै हिडेको थियो । उ हिड्यो म उसको वारेमा केही सोचिरहे विचरा कति मेहनत गर्छ तर उसलाई चिन्ता भनेको पटक्कै छैन । कहिलेकाही उ भन्ने गर्छ अव त विदेश जानु पर्छ यस देशको लागि धेरै मेहनत गरियो अव केही हुने वाला पनि छैन र केही भएको पनि छैन । हामी केवल वाचिरहका छौं खै केहि वचाउन चाहि सकिरहेका छैनौं । यस्तै कुराहरु सोचेर वसिरहेको थिए यत्तिकैमा फोन आयो तर फोन स्पष्ट थिएन । नेटवर्कको पोरवलम नै होला सायद हाम्रो देशको नियति नै यस्तै छ कतै केहि राम्रो भन्ने कुरा सुन्न र देख्न पाइने होइन फोहर मैला पानी अनि विजुलि अनि वाटोको जाम यस्तै समस्याले पनि होला विचरोलाई नेपालमा बस्न देखि वाक्क लागेको यदि नेपाल नै छाडेर गए यी समस्यावाट मुक्ति पाइन्छ कि भन्ने लागेको हुन सक्छ
यस्तै कुरा सोच्दै थिए वत्ति पनि झ्याप्प गयो । वत्ति गयो अनि काम पनि त के नै भयो र यकै छिन पत्रिका हेरेर वसिरहे पत्रिका पनि कतिपल्ट हेरनु यसभन्दा पहिला नै ३÷४ पटक पत्रिका हेरिसकेको थिए । फेरी वानि नै परिसकेछ कि क्या हो पत्रिका भनेपछि सरर् हेर्ने मात्र पढने वानी नै छैन जावो ५÷६ वटा पत्रिका हेर्न कति नै समय लाग्थ्यो र पत्रिका थन्क्याएर मेरो देश संविधान र मेरै भविष्यको वारेमा सोचिरहेको थिए । उ ललितपुर पुगेर फर्किसकेछ वडो विन्दास पारामा आउदै थियो । उ परैवाट भन्दै थियो काठमाडौंमा त यस्तो गर्मि छ यार तराईमा वसियो भने त हामी त मरिन्छ होला । यस्तै कुरा गर्दै उ मनेरै आइसकेकेा थियो वाटोमा तर्भजा केरा भन्दै कराउदै एउटा भैया ले साइकलमा अगाडि तरभुजा र पछाडि केरा राखेर ल्याएको थियो । उसले भन्दै थियो अफिसवाट तरभुजा ख्वान यार अफिसवाट दिएको १०० रुपैयामा अव यी यहि १५ रुपैया मात्र वाकि हो यसको के आउँछ र उ त्यहि पन्ध्र रुपैयाको भएपनि किन्न गयो तर मैले रोकेर मैले नै किनेर ख्वाय । वस्नु त कहाँ थियो र उसलाई अफिसवाट फोन पनि आइहाल्यो तिमी कहाँ हो किन ढिला गरेको छिटो आउ अर्को ठाउँमा सामान पुर् याउन जानु पर् यो उँ भन्दै थियो साउँजी म आउँदै छु एकैछिन जाममा परेर हो । ढाट्ने मन त थिएन उसको के गरोस अफिसको पेलाई अनि वाध्यता उ हिड्यो म अव जान्छु । उसले भन्दै थियो खाजा ख्वाउने भए मात्र पछि आउनु ……………………


0 comments:

Post a Comment

 

Copyright 2008 All Rights Reserved Revolution Two Church theme by Brian Gardner Converted into Blogger Template by Bloganol dot com