के बिराए


बनको फुल टिपी मैले
शिरमा लाए के बिराए ,
कती फाटी मात्र रहनु
सिउन लाए के बिराए ?


आसु दिदा पानी सम्झी
पीइ दिए के बिराए ,
भीरको यात्रा साथ माग्दा
हात समाए के बिराए ?


अन्धो भए आँखा छदै
छोपी दिए के बिराए ?
क्षणिक सुखानन्दमा
संसार बिर्सी खुब् रमाए ।।


उनको पाइला खोज्दै जादा
आज आँफै हराए
जीबन यसै चल्छ भन्थे
रोकिदा पो चाल पाए ,

माछा माछा भन्दा भन्दै
भ्यागुत्तो पो समाए,
ख्याल् ख्यालैमा मैले
आज सुन्दर संसार गुमाए ।।

0 comments:

Post a Comment

 

Copyright 2008 All Rights Reserved Revolution Two Church theme by Brian Gardner Converted into Blogger Template by Bloganol dot com