प्रिय साथी,
फेसबुकमा तिम्रो निम्नस्तरको भित्तेलेखन देखेर मन थाम्न सकिन | अरुलाई तुच्छ गाली गरेर आफु माथि जान्छु भन्ने अज्ञानता त्यागिदेउ, बरु UML लाई सत्ताको राजनीति भन्दा बिकाशको राजनीति गर्न सिकाउनु पर्छ तिमीजस्तो युवाले |माओबादीलाई एकछिन अलग्गै राखेर सोच्दा, UML ले के गर्यो त ? खाली भाई-भतिजा नियुक्ति, चड्कन काण्ड, पासपोर्ट काण्ड, सिमाछेत्रमा लालाबाला सहित नेपालमै नेपालीलाई शरणार्थी बनाउने भारतीय ज्यादत्ति हुदा पनि मौन .....UML (सरकार) ले खोइ केहि बोलेको/गरेको ? बिचरा सुन्तली धामीको बलात्कार हुदा के हेरेर बसेको ? तिम्रो चेलीलाई पनि तेस्तै ज्यादती हुँदा के तिमी पनि त्यसरीनै चुप लगेर बस्न सक्छौ? कुनै दिन आफ्नो गाउँ आफै बनाउ जस्ता मुग्ध नारा दिने अनि गाउँ-गाउँ बाट उठ, आमा दिदी बहिनी हो....आदी आदी गीत सुनाएर हामीजस्ता युवालाई भुलायेथेउ, तर साथी अहिले आएर राजनीति भनेको झुटको खेति गर्दै 'सरकारी ढुकुटी कुम्लाई रहने' खेल हो भनेर भन्छौ भने त मेरो भन्नु केहि छैन | आशा छ, प्रतिउत्तरम़ा तिमीले "छिमेकीले कुकुर पिटेको देखेर आफुले श्रीमती कुटेको" भन्ने जस्तै गैरजिम्मेबार उत्तर दिने छैनौ | फेरी आशा छ, म बिदेशमा बसेर देशको बारेमा सोच्नु नौटंकी हो भन्छौ भने, सबै जस्तो पार्टीहरुको विदेशमा भातृ संगठन चाहिँ किन राखेको होला ? अथवा विदेश बस्ने नेपालीहरुलाई सोध, नेपालको बारेमा सोच्ने अधिकार उनीहरुको छ कि छैन भनेर | माओबादीले एस्तो गर्यो, काँग्रेस ले उस्तो गर्यो भनेर अरुलाई गाली गरेर उम्कने प्रयास पनि गर्ने छैनौ | अरु पार्टीहरुबाट त मैले आश गरेको छैन, तर मलाई मेरै बाउले घात गर्यो | मेरो आक्रोस हेर्दा म माओबादी लाग्नसक्छ, त्यो पटक्कै होइन | यो बोलि केवल ती युबाहरुको हो जो आफूले पुरानो समय बर्बाद गरेकोम़ा पछुताउ गरिरहेछन | मेरो कुरामा तिमीलाई चित्त दुख्ला, तर कुनैबेला म र तिमी एउटै छातामुनी काम गरेको नाताले भनेको हू | बाँकि तिम्रो बिबेक |
उही तिम्रो साथी,
-मुक्ति

0 comments:
Post a Comment